ओली एक्लै चल्ने, मलाई के-को दोष : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् ।

बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना राष्ट्रपति भण्डारीले फोन गरेको नेता नेपाल निकट स्रोतले बतायो ।

‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको जवाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठोस थिएन’, स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलिएको गुनासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पार्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आग्रह गरेकी थिइन् ।

स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्यक्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बताएका थिए । ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिलाएकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानीबारे स्रोतले भन्यो ।

नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताए । राष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन आग्रह गरिन् । गएको २८ फागुनमा अध्यक्ष ओलीले आफूनिकट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...