बालुवाटार ढुक्क, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेपछिको निर्णयहरू सुधार गरेर जाने पक्षमा रहेको नेता महेश बस्नेतले बताएका छन् । एक टेलिभिजन कार्यक्रममा नेता बस्नेतले माधव नेपाल समूहलाई मिलाएर लैजानका लागि फागुन २८ गतेको निर्णय संशोधन हुने बताए ।

‘माधव नेपाल समूह ०७५ जेठ २ को अवस्थामा पुग्नुपर्ने भन्नुभएको छ । फागुन २८ को निर्णयमा संशोधन हुनुपर्छ भन्नुभएको छ । पदाधिकारी कायम राख्ने भनेका छन्’, बस्नेतले भने, ‘यो विषयमा सहमति बन्ने सम्भावना छ ।’ नेता बस्नेतले भीम रावलको अतिवादीधारले मिल्न नदिने पक्षमा देखिएको आरोप लगाएका छन् ।

योगेश भट्टराई, गणेश पहाडी, नारायण खतिवडा, हीरा केसी, समिना हुसेन, गंगा चौधरीहरू पार्टी एकीकरणको पक्षमा आफ्नो मत जनाइसकेको बस्नेतले बताएका छन् । एमालेका नेता बस्नेतले जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दाबी गरेका छन् ।‘उपेन्द्र यादव बहुमतमा भएको भए औपचारिक बैठक डाकेर महागठबन्धन बनाउने थिए । उपेन्द्र यादव र बाबुराम भट्टराईको बहुमत छैन’, उनले भने, ‘महन्थ ठाकुर र राजेन्द्र महतोको जसपामा बहुमत छ ।’

‘उपेन्द्र यादवलाई २२ प्रतिशत पनि पुग्दैन । उपेन्द्रसँग जोडिएका धेरै सांसदहरू उहाँसँग छैनन् । बिगतमा पार्टी फुटाउन खोजेकाहरूले उपेन्द्र यादवलाई छाडेका छन्’, एमालेका नेता बस्नेतले भनेका छन् । ‘जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ । जसपाको निर्णयपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले विद्रोह गर्ने सम्भावना छ । उनीहरूले पार्टी वैधानिकता दिन सक्दैनन्’, उनले भनेका छन् ।

माधव नेपाल, भीम रावल, घनश्याम भुसालहरूले राजीनामा दिने तहका कुरा गरेको भन्दै बस्नेतले त्यो आत्मघाती कदम नउठाउन सुझाव दिएका छन् । उनले भने, ‘माधवजीहरूले जस्तै उपेन्द्र यादव र बाबुराम भट्टराईले पनि राजीनामा दिन सक्छन् । २१ जना एमालेका सांसदले राजीनामा दिने तहमा कुरा पुग्दैन उपेन्द्र यादवहरू ।’ एमालेका नेता बस्नेतले माधव नेपालको राजनीति संकटपूर्ण अवस्थामा रहेको दाबी गरेका छन् । उनले भने, ‘प्रचण्डको भविष्य सक्किएको छ । भविष्य सक्किएको नेता प्रचण्ड हो ।’

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...