बादललाई उम्मेदवार बनाउने कुराले एमालेभित्र लफडा



हाम्रो इकोनोमि

 

नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव ईश्वर पोखरेलले बताए ।

बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको बताइएको छ ।

माधव नेपाल पक्षमा लाग्ने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संख्या समेत हेरेर थप निर्णय गरिने बताइएको छ । यदि अलग उम्मेदवार खडा गरेर ती उम्मेवारको पक्षमा लागेको खण्डमा कतिपय प्रदेशसभा सदस्यको पद रिक्त गर्नुपर्नेसम्मको बहस एमालेभित्र चलेको छ ।

तर त्यसबारे बैठकमा भने छलफल नभएको नेताहरुले बताए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको उम्मेदवारको जीत सुनिश्चित हुने गरि जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...