राष्ट्रियसभामा बादलविरुद्ध माधव पक्षका खिमलाल उम्मेदवार



हाम्रो इकोनोमि

 

राष्ट्रियसभाको दुई सिटका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहितको चार पक्षीय गठबन्धन बन्ने भएको छ । वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का एमाले प्रवेश गरेपछि ती दुई ठाउँ रिक्त भएका थिए ।

मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड-माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ

सोही सहमति बमोजिम हात्तीवनस्थित उपेन्द्र यादवको निवासमा भएको बैठकले वागमतीमा एमालेका उम्मेदवार बादलविरुद्ध वागमती प्रदेशका योजनाका आयोगका पूर्वउपाध्यक्ष खिमलाल देवकोटालाई अघि सार्ने निर्णय भएको हो ।

देवकोटा कुनै राजनीतिक पार्टीमा सक्रिय नभए पनि उनी एमालेको माधव नेपाल पक्षसँग नजिक मानिन्छन् । प्रचण्ड-माधव पक्षको साझा रोजाइमा परेर उनलाई अघि सारिएको बताइएको छ । माधव पक्षबाट उम्मेदवार बने पनि उनको चुनाव चिन्ह भने माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने समझदारी भएको छ ।

वागमतीमा एमालेको एकल बहुमत भए पनि माधव पक्ष अलग हुनासाथ विपक्षी गठबन्धन बलियो बन्न सक्छ । यहाँ जसपाको बाबुराम पक्षका एक गाउँपालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्य छन् । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुन्छन् । लुम्बिनीमा भने एमालेबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दुर्गानारायण पाण्डे कांग्रेसमा प्रवेश गरेकाले उनैलाई उम्मेदवार बनाउने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...