ओलीलाई असफल बनाउ उपेन्द्र, प्रचण्ड-माधवसहितको गोप्य छलफल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु सघन छलफलमा जुटेका छन् । यो गठबन्धनमा एमालेको माधव नेपाल पक्ष पनि समेटिएको छ ।
मंगलवार देउवासहित छलफल गरेका नेताहरु बुधवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा छलफल गरेका छन् ।

जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै परेका माधव नेपाल सहित प्रचण्डले छलफल गरेका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेको बताइएको छ ।

तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादवनिकट स्रोतले बताएको छ । एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम-उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषय छलफलमा रहेको छ । त्यस्तै जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ ।

यसअघि हिजो साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा यी तीन नेता र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए । प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...