ठाकुर र महतोबीच पनि विवाद, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने आश्वासन दिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच संसदीय दलको नेता बन्ने विषयमा विवाद भएको छ । ठाकुर र महतोबीच संसदीय दलको नेता को ? बन्ने भन्ने विषयमा मतभेद शुरू भएको स्रोतले जनाएको छ । ठाकुरले आफै संसदीय दलको नेता बन्न खोजेका छन् । महतोले आफू दलको नेता बन्नुपर्ने अडान राखेपछि ठाकुरलाई तनाब भएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने क्रममा नयाँ पार्टी जसपाको संसदीय दलको नेता महतोलाई बनाउने नेताहरूका बीच सहमति भएको बताइएको थियो । महतोले पूर्वसहमतिअनुसार संसदीय दलको नेता आफूलाई बनाउनुपर्ने अडान राखेपछि ठाकुर र महतोबीच विवाद भएको हो । ठाकुर र महतोबीच विवाद हुँदा सांसद र केन्द्रीय सदस्यहरूको हस्ताक्षर अभियान प्रभावित भएको छ ।

ओलीलाई वैशाख २७ गते विश्वासको मत दिनका लागि ठाकुरले सांसद र केन्द्रीय सदस्यहरूलाई काठमाडौं बोलाएर हस्ताक्षर गराउन थालेका थिए । ठाकुरको अभियानलाई विवादले समस्या भएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा छन् । ठाकुरले एमालेसँगको सत्ता समीकरणमा जसपा निर्णायक शक्ति भएको बताउँदै आएका छन् ।

ठाकुरले प्रधानमन्त्री बन्ने अवसर आयो भने त्यसको लागि आफू नै उपयुक्त पात्र भएको भन्दै संसदीय दलको नेता आफू नै बन्नुपर्ने जिकिर पार्टीमा गरेका छन् । जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई संसदीय दलमा बहुमतमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सांसदहरू उपेन्द्र यादवतिर लागेपछि बहुमत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...