कम्युनिष्ट पार्टी एकता प्रक्रिया अगाड़ी बढ़नुपर्छ : कुन्दन कुशवाहा



हाम्रो इकोनोमि

 

निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी एकताबाट अग्रगमनको दिशामा अघि बढ़ने भएकोले अदालतको बहानामा पछाड़ीको बाटोमा जान नसकिने बताए । एमाले वा माओवादीको नाममा अगाडी बढनु भनेको पश्चागमन भएको उनको भनाइ छ । नेता कुशवाहाले पार्टीको वैचारिक, राजनीतिक दिशा अदालतको फैसलाले नभई पार्टी आफैले तय गर्ने बताए । सर्वोच्च अदालतको गत २३ फागुनमा आएको फैसला अनुसार एमाले र माओवादी केन्द्र पुर्ववत अवस्थामा फर्किए पनि नेता कुशवाहाले पछाडि नहटिकन कम्युनिष्ट पार्टी एकता प्रक्रियाबाट अगाड़ी बढ़नुपर्ने बताए ।

कम्युनिष्ट पार्टीको नाममा विभिन्न समुहमा विभाजित भएर कम्युनिष्ट आन्दोलनको जगेर्ना गर्न नसकिने बताउँदै उनले कम्युनिष्ट पार्टीहरुका बीचमा एकता हुनुको विकल्प नभएको बताए । देश र जनताको विकासका लागि अहिले बलियो कम्युनिष्ट पार्टीका साथै कम्युनिष्ट पार्टी नेतृत्वको सरकार तीनै तहमा हुनुपर्ने उनको भनाई छ । “नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई जोगाउँन हामीले एमाले र माओवादी केन्द्रको राम्रा कुरालाई समेटेर नेकपाको गठन गर्यौँ । आज पुनः एमाले वा माओवादीकै नाममा अगाडी बढनु भनेको पश्चगमन हो । दिनलाई रात बनाउँन सकिदैन् । हामी एमाले वा माओवादी हुनै सक्दैनौं ।” नेता कुशवाहाले भने, “हामी कम्युनिष्ट भएकाले उल्टो बाटो हिडनै सक्दैनौं ।

अग्रगमनको बाटोमा अगाडी बढनुको बिकल्प नै छैन ।’ नेकपा पार्टीमा रहेर झण्डै तीन बर्षको यात्रा गरिसकेकाले फेरी उही एमाले वा उही माओवादी केन्द्रमै फर्किनु भनेको उल्टो बाटो हिडनु रहेको बताउँदै उनले अहिलेको आवश्यकता कम्युनिष्ट पार्टीका बीचमा बलियो एकता गर्दै कम्युनिष्ट पार्टी नेतृत्वको सरकार निर्माण गर्नु रहेको बताए । एमाले र माओवादी केन्द्रले बोक्दै आएको छुटाछुटै विचार, सिद्धान्त छोडेर नेकपाको विचार, सिद्धान्तलाई आत्मसाथ गर्ने सके फेरी पनि कम्युनिष्ट पार्टीका बीचमा एकता सम्भव रहेको उनले बताए ।

शीर्ष नेताहरुले आ–आफ्नो कमजोरी स्वीकार गरेर आत्मालोचना गर्दै नेकपाको विचार बोकेर अगाडी बढनुपर्ने उनको सुझाव छ । “इतिहास बनिसकेको एमाले र माओवादी केन्द्रलाई फेरी बोकेर कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई जोगाउन सकिदैन् । इतिहासबाट हामीले पाठ सिक्दै अगाडी बढनुपर्ने हो । उही पार्टीको नाममा पछाडी फर्किने यात्रा हामीले गर्नै सक्दैनौं ।” नेता कुशवाहाले थपे, “सबैले आफ्नो सिमित व्यक्तिगत स्वार्थ छोडेर सामुहिक स्वार्थ पुर्तिका लागि जुटनुपर्छ । बलियो कम्युनिष्ट पार्टी बनाउन हामी एकीकृत हुनुको विकल्प छैन् ।” अहिले विभिन्न ध्रुवमा विभाजित कम्युनिष्टहरुका कारण मुलुक र जनताले समेत नोक्सानी व्यहोर्नुपरेको दुखेसो उनले व्यक्त गरे । राष्ट्र र राष्ट्रियता जोगाउँदै जनताको चाहना अनुसार आर्थिक समृद्धि र विकासका लागि अग्रगामी लक्ष्यसहित विभिन्न कम्युनिष्ट घटकहरु बीच एकीकरण हुनैपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...