पार्टी फुटाउन जसपामा दुवै पक्ष सक्रिय



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका दुवै पक्ष सक्रिय भएका छन्। दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्।

दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको छ भने काठमाडौंमा रहेका सांसद तथा कार्यकारिणी समिति सदस्यलाई बाहिर नजान निर्देशन गरेको छ। यो पक्षले मंगलबार आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने भएको छ।

ठाकुर पक्षका कार्यकारिणी समिति सदस्य केशव झाले जसपाका सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई काठमाडौं बोलाइएको बताए। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुईजना हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराजपाका र पूर्वसमाजवादीका १६–१६ सांसद छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा पूर्वराजपाका तीन सदस्य महेन्द्र यादव, प्रदीप यादव र गजाधार यादव भट्टराई–यादव कित्तामा पुगेका छन्।

पूर्वराजपाका एक सांसद महेन्द्र यादव पनि कित्ता परिवर्तन गरी भट्टराई–यादव खेमामा पुगेका छन्। भट्टराई–यादव खेमा कुनै पनि अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने लाइनमा छ भने ठाकुर–महतो खेमा सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेको छ।

ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा छन्। सरकारले जसपाका माग सम्बोधन गर्न प्रक्रिया अघि बढाइरहेका बेला ओलीविरुद्ध नउभिने ठाकुरले प्रस्ट पारेका छन। यता भट्टराई र यादव ओली सरकार ढाल्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा छन्।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...