कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना देखिएपछि शर्मा आइसोलेसनमा बसेका छन् । उनले टेकु अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाको निर्देशनमा औषधि खान शुरु गरेको जनाएका छन् । शर्मालाई सोमबार बिहान कोरोना पुष्टि भएको थियो ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब दिएँ’, उनले भने, ‘सोमबार बिहानीपख रिपोर्ट आयो–पोजेटिभ ।’ ‘टेकुका चिकित्सक डा.अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु’, उनले भने, ‘लक्षणले च्यापेका छन् । तर मनोबल उच्च छ ।’ उनले भनेका छन्, ‘सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...