एक सांसद माओवादीमा प्रवेश, बहुमतको सरकार बनाउन पोखरेललाई चुनौती



हाम्रो इकोनोमि

 

 

लुम्बिनी प्रदेश सांसद विमलाकुमार खत्री नेकपा नेकपा लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । माओवादीमा उनको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने शंकर मुख्य मन्त्री शंकर योजनामा चुनौती थपिएको छ । यो सँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको हो । उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी थिइन् । सवारी दुर्घटनामा पति उत्तरकुमार वलीको निधन भएपछि उक्त क्षेत्रमा उनी उपचुनाव लडेर विजयी भएकी हुन् ।

माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ। प्रदेशसभा संसद सचिवालय स्रोतले उक्त जानकारी आफूहरूले पाइसकेको र केहीबेरमै विवरण अद्यावधिक गरेर सूचना प्रकाशन गरिने बताएको छ । एमाले र माओवादी ब्युँतिएपछि उनी कता लाग्ने भन्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको माओवादी पक्षको आरोप छ ।

उनका पतिले तत्कालीन एमालेबाट चुनाव जितेका थिए । खत्रीले नेकपाबाट उपचुनाव जितेकाले उनको सांसद पद के हुन्छ भन्ने प्रष्ट छैन् । एमालले दल त्याग गरेको भनेर उनलाई कारवाही गरेमा उनको सांसद पद रिक्त हुने छ। त्यसो भएमा प्रदेशसभा ८० सदस्यीय हुने छ। एमालेको संख्या ४१ बाट घेर ४० पुग्ने छ। र, एक दलको बहुमत पुगेको आधारमा सरकार बनाउने बाटोमा मुख्यमन्त्री पोखरेललाई बधा हुनेछ ।

प्रदेशसभामा विपपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । सभामुखसहित विपक्षमा पनि उत्तिकै संख्या ४० हुन्छ । माओवादीमा प्रवेश गरेकी खत्रीलाई कारबाही गर्न नमिलेमा विपक्षको ४१ मत हुन्छ जुन सरकार बनाउनका लागि चाहिने बहुमत हो ।

 

 

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...