शंकर पोखरेल नै मुख्यमन्त्री, आजै सपथ ग्रहण



हाम्रो इकोनोमि

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् ।प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले दाबीका साथ भने, ‘आजै सपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’ आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरेका छन् ।

एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै पोखरेल त्यसको तयारीमा छन् । एमाले प्रवेश गरेपछि माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन पुग्ने संख्या हो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...