माओवादीबाट निर्वाचित रौतहटका अधिकांश जनप्रतिनिधि एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको छ । जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ । तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमाले भएका छन् ।

माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यसमेत रहेका मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाहलाई एमाले प्रवेश गरेको भन्दै सो पार्टीले निष्कासन गरेको हो । त्यस्तै मौलापुरका उपमेयर गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, देवाही गोनाहीकी परनिया देवी, माधवनारायणपुरकी उपाध्यक्ष सिमलकुमारी साह र यमनुमाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासन गरिएको माओवादीले जनाएको छ ।

 

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेका गतिविधिमा संलग्न रहेकोले पार्टीबाट कारवाही गरी पद रिक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरिएको माओवादी जिल्ला सचिव देवेन्द्र पटेलले बताएका छन् । रौतहटमा माओवादी केन्द्रको ९० प्रतिशत हिस्सा प्रभु साहको व्यक्तिगत प्रभावमा थियो । सो शक्ति प्रभुसँगै एमाले भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...