सरकारी मुखपत्रबाटै महन्थ ठाकुर प्रम बन्ने संकेत



हाम्रो इकोनोमि

 

विद्वानको लेखाई र नेताको बुझाईअनुसारकै अबका प्रधानमन्त्री जसपा नेता महन्थ ठाकुर नै हो त । उहाँ अब प्रधानमन्त्री हुने कुरा सरकारी मुखपत्र गोरखापत्रको सहप्रकाशन दि राइजिङ नेपालबाटै घोषणा भएको छ । उक्त अखबारको वैशााख १० गते (२३ अप्रिल) ‘ओपिनियन’ स्तम्भमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले त्यस्तो संकेत गर्नुभएको हो । अहिलेको राजनीतिक परिस्थिति लेखको अग्रभागमा संक्षिप्त चित्रण गर्दै उहाँले दोस्रो अनुच्छेदमा वैकल्पिक वा नयाँ व्यक्ति प्रधानमन्त्रीका रुपमा प्रस्तुत हुने दाबी गर्नुभएको छ । तेस्रो अनुच्छेदमा लेखिएको छ, ‘संख्यात्मक हिसाबले चौथो दलको रुपमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष अबको आदर्श (आइडल) प्रधानमन्त्री हुन सक्नुहुन्छ ।’ त्यसका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्नुपर्ने अवस्थामा आएमा महन्थलाई अनौपचारिक रुपमा आफ्नो उत्तराधिकारी बनाउन तयार हुनुभएको प्रसंग उक्त लेखमा छ ।

एक हजार १० शव्दको उक्त लेखभरि महन्थ ठाकुरको प्रशंसा छ । र, पटक–पटक उहाँलाई भावी प्रधानमन्त्रीका रुपमा चित्रण पनि गरिएको छ । जबकि, पत्रकार ध्रुवहरि अधिकारी सानातिना विषयमा कलम चलाइरहने सतही पत्रकार हैनन् । अनि सरकारी मुखपत्रमा बिना आधारका र सरकारलाई अप्ठ्यारो पर्ने सामग्रीले स्थान पाउँदैन ।

सरकारी मुखपत्रले उहाँको लेखलाई दिएको स्थान र जसपाको पूर्वराजपा समूहका नेता अनिल झाको बुझाई पनि मिल्छ । उनले उपेन्द्र यादवसमेत आफूहरुको धारमा मिसिने दावी गरेका छन् । बाबुराम, अशोक राईहरुलाई छाड्दा पनि आफूतिर २२ जना सांसद रहेको उनको ठोकुवा छ । उनले निकटस्थहरुसँग भन्ने गरेका छन्, ‘संसदमा मतदानका क्रममा जसपाले ह्वीप जारी गर्छ । यदि उपेन्द्र यादव असहमत भए उनले फ्लोर क्रस गर्नुपर्छ ।’ तर, पूर्वराजपाका नेतालाई एमालेमा फ्लोर क्रस होला भन्ने चिन्ता छ ।

हिसाब कस्तो छ भने, माधव नेपालहरुले फ्लोर क्रस गर्दा केपी ओलीको तर्फबाट कारवाही हुन्छ । यदि त्यसो भयो भने शेरबहादुर देउवालाई सरकार बनाउने बहुमत पुग्दैन । कांग्रेस र माओवादीको सांसद जोड्दा ११०–१२ हुन्छ । यो स्थितिमा जसपा फुटेन भने फेरि धारा ७६ (३) अनुसार केपी ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँछ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...