जसपाको २३ सांसद सहित ओली सरकारमा जाने तयारी (नामसहित)



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने कि नयाँ सरकार गठन गर्नेमा स्पष्ट दुई धार देखिएको छ । जसले गर्दा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबाट हटाउने कांग्रेस–माओवादी केन्द्रको तयारीलाई जसपाको आन्तरिक विभाजनले धक्का दिएको छ ।

संसदमा निर्णायक भूमिका खेल्ने हैसियतमा रहेको जसपाका महन्थ ठाकुर ओली पक्षमा छन् भने उपेन्द्र यादवकै केही सांसदहरु ओलीलाई समर्थन गर्न उद्यत छन् । ओलीले नै माग पूरा गरिरहेका कारण अविश्वासको प्रस्तावमा सहमति नहुने ठाकुरले शीर्ष नेताको मंगलबारको बैठकमा भनिदिए । ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई गएनन् तर ठाकुर र लक्ष्मणलाल कर्ण सहभागी भए । यस लगायत राजनीतिक घटनाबाट जसपाको भित्री विभाजन स्पष्ट पारेको छ ।

पूर्व राजपाबाट भने ओलीको विपक्षमा एक जना महेन्द्र राय यादव मात्र देखिएका छन् । २३ जना भने ओलीका पक्षमा खुल्ने लगभग तयार भएका छन् । राजेन्द्र महतोदेखि अन्य सबै सरकारलाई समर्थन दिने या चुनावमा जाने पक्षमा छन्। ओली सरकारलाई समर्थन दिन नहुनेमा यादव, भट्टराई, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव र सूर्यनारायण यादव रहेको स्रोतले जनाएको छ ।

प्रदिप यादव र उमाशंकर अरगरियालगायत सरकारका पक्षमा छन् । अनिल झा, राजकिशोर यादव, अमृतादेवी अग्रहरी, अरगरिया, एकवाल मियाँ, कलुदेवी विश्वकर्मा, चन्दा चौधरी, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वेनी, नरमाया ढकाल, निर्जला राउतलगायत ठाकुर पक्षमा उत्रिएका छन् । प्रदिप यादव, प्रमोद साह, बिमलप्रसाद श्रीवास्तव, महन्थ ठाकुर, राजकिशोर यादव, रानी मण्डल, रामबाबुकुमार यादव, रामशहाय यादव, रुही नाज, रेनुका गुरुङ, शरतसिंह भण्डारी र सुरेन्द्र यादव पनि ओली सरकारलाई समर्थन गर्ने तयारीमा छन् । उता उपेन्द्र यादवले भने सरकार गिराउन बैठक बोलाउनुपर्ने बताए पनि महतोले कोरोना कहरमा बैठक बोलाउन नहुने बताए ।

यद्यपि देश कोरोनाले शिथिल भइरहेका बेला नेताहरुले जनतालाई कसरी बचाउने भन्नेबारे योजना बनाउनुपर्ने तथा सरकारका सन्देशहरुलाई पालना गर्न पनि सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...