जसपा फुटाउन बाबुराम-उपेन्द्र यसरी लागे



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (नेपाल) को कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न भएको छ । जसपाका शीर्ष नेताहरूको आजको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएका हुन् । बैठक बस्ने विषयमा विवाद भएपछि शीर्ष नेताहरू कुनै निष्कर्षमा पुगेनन् । ‘कार्यकारिणीको बैठक बोलाउने विषयमा सहमति जुटेन । शीर्ष नेताहरूबीच नै फेरि छलफल गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एक नेताले भने ।

जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् । जसपाले आधिकारिक निर्णय नलिएकै कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन निर्माणले सार्थकता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...