एमालेका १० जना सांसदलाई कारवाही ( नामसहित )



हाम्रो इकोनोमि

 

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो ।

एमाले स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गरिने सम्भावना छ । त्यो संख्या घटीमा सात र बढीमा १० सम्म हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए । झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरि संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

निलम्बन गर्नसक्ने ३२ सांसदको नाम

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...