धरहरा उद्घघाटनकाे दिन रैथानेकाे मार्मिक स्टाटस्



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माअाेलीले धरहराकाे उद्घाटन गरेकाे दिन रैथाने एकता परिषद्का संयाेजक सन्ताेष बराइलीले सामाजिक सञ्जाल फेसबुकमा धरहरालाई जाेडेर एमालेकाे अान्तरिक विवादबारे लामाे स्टाटस् लेखेकाछन । उनले लेखेकाछन् , धरहरा उठ्याे, जसरी एमाले उठेकाे छ । भुईंचालाेले धराशायी बनाएकाे धरहरा जसरी ओलीले उठाए, त्यसैगरी वामदेव र माधव नेपालले धराशायी बनाएकाे एमाले ओलीले नै उठाएका थिए ।

उनले अगाडि लेखेकाछन् , याे तथ्य थाहा हुँदाहुँदै पनि झलनाथ र माधवलाई स्वीकार्न कठिन भएकाे छ । लगनगाँठाे ध्वंशवादी प्रचण्डसंग गाँसिएपछि सत्य असत्य बन्छ । आज उठेकाे धरहराले भन्दैछ, ओलीले मेराे धरहरा मै बनाउँछु भनेर कम्मर कसेपछि मात्रै इन्जिनियरले डिजाइन गरे, श्रमिकहरूले अहाेरात्र काम गरे र याे ठडियाे । झलनाथ र माधवका पालामा यसरी देखिने गरी के बनाए कुन्नि ? धरहराले भन्दैछ: तिमीहरू ओलीभन्दा धेरै पुड्का छाै ! म त तिमीहरूलाई कतै पनि देखिरहेकाे छैन । कठैबरा, आज कता छन् आरिसेहरू ? खुमलटारतिर कि पेरिसडाँडातिर ?

 

Baraili Santosh
ठडियाे धरहरा । प्रधानमन्त्री तथा नेकपा (एमाले)अध्यक्ष केपी शर्माअाेलीले गर्नुभयाे उद्घघाटन । हामी सबैलाई

बधाई

!

यही सन्दर्भमा मलाई केही भन्नू छ :
धरहरा उठ्याे, जसरी एमाले उठेकाे छ । भुईंचालाेले धराशायी बनाएकाे धरहरा जसरी ओलीले उठाए, त्यसैगरी वामदेव र माधव नेपालले धराशायी बनाएकाे एमाले ओलीले नै उठाएका थिए । याे तथ्य थाहा हुँदाहुँदै पनि झलनाथ र माधवलाई स्वीकार्न कठिन भएकाे छ । लगनगाँठाे ध्वंशवादी प्रचण्डसंग गाँसिएपछि सत्य असत्य बन्छ ।
आज उठेकाे धरहराले भन्दैछ, ओलीले मेराे धरहरा मै बनाउँछु भनेर कम्मर कसेपछि मात्रै इन्जिनियरले डिजाइन गरे, श्रमिकहरूले अहाेरात्र काम गरे र याे ठडियाे । झलनाथ र माधवका पालामा यसरी देखिने गरी के बनाए कुन्नि ? धरहराले भन्दैछ: तिमीहरू ओलीभन्दा धेरै पुड्का छाै ! म त तिमीहरूलाई कतै पनि देखिरहेकाे छैन । कठैबरा, आज कता छन् आरिसेहरू ? खुमलटारतिर कि पेरिसडाँडातिर ?
May be an image of 1 person, standing, outdoors and text that says 'REDMI NOTE 9 PRO MAX AI DUAL CAMERA'

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...