रामबहादुर थापाले राष्ट्रिय सभामा जित्ने पक्का



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभाको उप–निर्वाचनमा एमालेले रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रले थापालाई सांसद पदबाट हटाएपछि उनको सो पद खाली थियो । निर्वाचन आयोगले जेठ ६ गते उप–निर्वाचन गर्दैछ ।

थापा बागमती प्रदेशमा अन्य समूहबाट पुनः चुनाव लड्न लागेका हुन् । यसअघि थापालाई माओवादी र एमालेको संयुक्त मतबाट विजयी बनाइएको थियो । एमाले र माओवादी यस पटक विभाजित भएका छन् । एमाले पनि सग्लो छैन । वरिष्ठ नेता माधव नेपालले एउटा समूहको नेतृत्व गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीलाई उप–निर्वाचनमा थापालाई जिताउन त्यति सजिलो छैन । एमालेकै सांसदहरूले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीको सरकारलाई बचाइदिइसकेका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका साना दलहरूले मिलेर थापाविरुद्ध उम्मेदवारी दिने तयारीमा छन् ।

वैशाख १० देखि १४ गतेभित्र उम्मेदवारी दिइसक्नुपर्नेछ । बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख र उप–प्रमुखहरूले उप–निर्वाचनमा मतदान गर्नेछन् ।

बागमती प्रदेशसभामा ११० जना सदस्य छन् । प्रदेशका स्थानीय तहका प्रमुख र उप–प्रमुखको मत संख्या २३९ छ । प्रदेशसभा र स्थानीय तह दुबैमा एमालेको एकल बहुमत छ ।

एमालेका सबै जनप्रतिनिधिले मत दिएको अवस्थामा गृहमन्त्री थापा राष्ट्रिय सभाको सांसदमा पुनः निर्वाचित हुने निश्चित छ । थापालाई एमालेका सबै मतदाताले भोट दिए भने ५७ मत पाउनेछन् । एमाले बाहेकका सबै दलको मत जोड्दा ५३ मात्रै पुग्छ ।

विपक्षीले साझा उम्मेदवार उठाए र माधव नेपाल पक्षका ४–५ जना प्रदेश सांसदले तलमाथि गरे भने गृहमन्त्री थापाको पासा पल्टिएर विपक्ष मोर्चाका उम्मेदवारले जित्न सक्नेछन् ।

प्रदेशसभामा कांग्रेसका २२, माओवादीका २३, विवेकशील साझाको ३, नेमकिपा र राप्रपाको २–२ मत छ । राजपाको एक मत छ । बागमती प्रदेशमा स्थानीय तहका २३९ जना प्रमुख र उप–प्रमुखमध्ये पनि एमालेकै एकल बहुमत छ । २३९ मध्ये एमालेका १३३ छन् । कांग्रेस, माओवादी, लगायतका सबै विपक्षीको जोड्दा १०६ जना मात्र पुग्छन् ।

एमालेको १३३ मत थापालाई पर्‍यो भने उनले जित्ने निश्चित छ । विपक्षीले साझा उम्मेदवार दिएर एकै ठाउँमा मत हाल्ने र माधव नेपाल समूहले फ्लोर क्रस गर्ने हो भने गृहमन्त्री थापाको पराजय निश्चित छ । राष्ट्रिय सभाको अघिल्लो निर्वाचनमा विवेकशील साझा लगायतका साना दलले कांग्रेसलाई साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...