योगेश भट्टराई र ओलीबीच एकल वार्ता, फेरी छिरे बालुवाटार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको एकता जोगाउने बिषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता भट्टराईले अध्यक्ष ओलीसँग आफ्नो धारणा राख्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले मंगलवार भट्टराईसहित प्रतिनिधिसभाका २७ जना सांसदसँग स्पष्टिकरण माग्नुभएको थियो । स्पष्टिकरण मागेको भोलिपल्ट आज पूर्वमन्त्रीसमेत रहनुभएका नेता भट्टराई अध्यक्ष ओली भेटन बालुवाटार पुग्नुभएको हो । भेटमा उहाँले उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

‘हिजो दुवै पक्षबाट हुन नहुने खालका तीतामीठा काम भएका छन् । तर आज तपाईंसँग जुन जिम्मेवारी छ त्यसमा तपाईंले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्, संवाद गर्नुस् भनेको छु । उहाँले मेरो तर्फबाट भूमिका खेल्छु, सबैलाई पार्टीमा स्वागत छ । आउनुस् काम गरौं भन्नुभएको छ,’ अध्यक्ष ओलीसँगको भेटपछि भट्टराईले भन्नुभयो । एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग पनि संवाद गर्न भट्टराईले सुझाव दिनुभएको छ ।

‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु,’ भेटपछि नेता भट्टराईले भन्नुभयो, ‘एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा राखेको छु ।’ अध्यक्ष ओलीसँगको भेटमा भट्टराईले नेताहरूसँग संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला गरेको ठाउँबाट अघि बढ्न आग्रह गर्नुभएको छ । भेटमा नेता भट्टराईले पार्टी बिभाजनलाई आफूहरुले साथ नदिने भन्दै सवैलाई समेटन सुझाव दिनुभएको छ ।

नेता भट्टराईले यसअघि नै बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी बिभाजन गरे साथ नदिने र कार्वाही भोगेर पनि एमालेमै रहने जनाउ दिइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...