एमालेले कारबाही गरेका तीन मन्त्रीको सपथ आज



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार नियुक्त गरेका विद्रोही एमालेका तीन जना मन्त्रीहरुको आज सपथग्रहण हुने भएको छ । चार जनाले फ्लोर क्रस गरेर मतदान गरेपनि पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने राजनीतिक नेतृत्व गर्ने भन्दै सरकारमा सहभागी नहुने बताएको उनी निकट मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

‘प्रकाश ज्वाला एक आन्दोलन हो, लडाई हो । उहाँले राजनीतिक नेतृत्व गर्नुहुन्छ । उहाँ सरकारमा मन्त्री बन्नका लागि फ्लोर क्रस गर्नु भएको होइन ।’ नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शाही भन्छन्, ‘उहाँले एमाले एकता गर्न विशेष भूमिका निर्वाह गर्नुहुन्छ । उहाँमा मन्त्री बन्ने कुनै लोभ छैन ।’ मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...