एमालेले कारबाही गरेका तीन मन्त्रीको सपथ आज



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार नियुक्त गरेका विद्रोही एमालेका तीन जना मन्त्रीहरुको आज सपथग्रहण हुने भएको छ । चार जनाले फ्लोर क्रस गरेर मतदान गरेपनि पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने राजनीतिक नेतृत्व गर्ने भन्दै सरकारमा सहभागी नहुने बताएको उनी निकट मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

‘प्रकाश ज्वाला एक आन्दोलन हो, लडाई हो । उहाँले राजनीतिक नेतृत्व गर्नुहुन्छ । उहाँ सरकारमा मन्त्री बन्नका लागि फ्लोर क्रस गर्नु भएको होइन ।’ नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शाही भन्छन्, ‘उहाँले एमाले एकता गर्न विशेष भूमिका निर्वाह गर्नुहुन्छ । उहाँमा मन्त्री बन्ने कुनै लोभ छैन ।’ मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...