३० लाख काण्डमा भीम रावल विरुद्ध मुद्दा



हाम्रो इकोनोमि

 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको खुलेको छ । प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा पार्टीको ३० लाख रकम रहेको खुलेको हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको बेला नेकपामा विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । उक्त रकम सुबेदीको खातामा भेटिएको छ ।

साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो । चौधरी र सुवेदी मिलेर सो रकम निकालेका थिए ।

नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुबेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको थापाको आरोप छ । कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको कृषि विकास बैङ्क धनगढी शाखाले नै पुष्टि गरेको छ।

भीम रावललाई मुद्दाको तयारी

पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।वित्तीय अपराध अन्तर्गत मुद्दा दायर गरिने थापाले बताए । उनले रावल सहित नेपवहादुर चौधरी, दिनेश चन्द्र सुबेदी र केशव रावल विरुद्ध मुद्दा दायरको तयारी अन्तिम चरणमा रहेको बताए । रावलकै निर्देशनमा माग फारम बिना केशव रावललाई पनि ५ लाखको चेक काटिएको थापाको आरोप छ ।

‘पार्टीको खातामा ३८ लाख थियो । त्यसबाट ५ लाखको चेक केशव रावलको नाममा काटिएको छ । प्रयोजन नखुलाई चेक काट्नु पनि अवैधानिक हो,’ थापाले भने ‘सबै विरुद्ध हामी मुद्दा दायर गर्दै छौँ ।’ पार्टीको रकम व्यक्तिको खातमा पठाउने बैंकलाई पनि मुद्धा दायर गरिने उनको भनाइ छ ।

माओवादी भागबन्डा खोज्दै

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव नेप बहादुर चौधरीले भने उक्त रकम भागबन्डा हुने बताए । उनले रकम सुरक्षित रहेको बताउँदै पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि दुवैको हक रहेको दाबी गरे।

‘पार्टीको सम्पत्ति हिनामिना हुने देखेपछि, हामीले झिकेर राखेका हौँ,’उनले भने,‘रकम सुरक्षित छ,अहिले पार्टी फुटिसकेको छ। अब रकम भागबन्डा हुन्छ।’ एमाले अध्यक्ष थापाले भने उक्त रकम एमालेको नै रहेको बताए ।

‘हामीले जोगाएर राख्दै आएको रकम हो त्यो,’ अध्यक्ष थापाले भने, ‘पार्टी एक हुँदा नेकपाको नामबाट खाता खोलेर रकम राखेका थियौं, त्यसमा माओवादी केन्द्रको कुनै हिस्सा छैन,सबै रकम एमालेकै हो।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...