अमेरिकामा तनाव, २ शहरमा कर्फ्यू



हाम्रो इकोनोमि

 

 

प्रहरीको गोलीले अश्वेत युवाको निधनपछि चर्किएको प्रदर्शनलाई मध्यनजर गरेर अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा कर्फ्यू घोषणा गरिएको छ ।  प्रदर्शनबाट हुनसक्ने सम्भावित क्षति आकलन गरेर यी दुवै शहरका मेयरले कर्फ्यू घोषणा गरेका हुन् । बीबीसीका अनुसार, कर्फ्यू रातको समयमा मात्र लाग्नेछ ।  २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लंघनको अभियोगमा प्रहरीले गाडीबाट निकालेर सोधपुछ गरेको थियो ।

सोक्रममा प्रहरीले उनको हातमा हत्कडी लगाउन खोजेको थियो । तर उनी भागेर गाडीभित्र पसेका थिए । त्यही बेला प्रहरीले प्रहरीले संयमता गुमायो र उनीमाथि गोली दाग्यो ।  गोली लागेर उनी घाइते भए । र, घाइते अवस्थामा गाडी चलाएर अघि बढ्ने क्रममा दुर्घटनामा परेर उनको ज्यान गयो ।  प्रहरीले यसलाई दुर्घटना भनेको छ । नियतवश नभई खिचातानीका कारण यस्तो घटना हुन पुगेको प्रहरी दाबी छ ।

तर उक्त घटनामा सहभागी एक प्रहरीको क्यामेरामा कैद भिडियोमा प्रहरीले गोली हानेको दृश्य कैद छ ।  आइतबार प्रहरीले सार्वजनिक गरेको भिडियोमा गोली हान्ने प्रहरीले मैले गोली हानेँ भनेको सुनिन्छ । प्रहरीले यस्तो जिकिर गर्दै संलग्न महिला प्रहरीलाई बिदा गरे पनि अमेरिकाभर प्रदर्शन भइरहेका छन् । मिनियापलिस र सेन्ट पलमा भने प्रदर्शन अलि बढी नै चर्केको छ ।  घटनाप्रति अमेरिका राष्ट्रपति जो बाइडले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...