देउवा निवास बुढानीलकण्ठमा तीन दलको गोप्य बैठक



हाम्रो इकोनोमि

 

 

मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकारका विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आज छलफल हुने भएको छ । शुक्रबार दिउँसो तीन बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक बस्न लागेको हो ।

कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको छ । बैठकमा नयाँ सरकार गठनका विषयमा केन्द्रित हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै आएको छ । यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थतसमेत फिर्ता नलिँदा दलहरु निर्णयमा पुग्न सकिरहेका छैनन् ।सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरुले बताइरहेका छन् ।

माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ । जसपामा सरकारमा जानेबारे दुई धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन् ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै तीन वटै दलले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरेका थिए ।

सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएको साढे १ महिना बितिसक्दासमेत सत्ता गठबन्धनको अङ्कगणित नमिल्दा तीन दलले नयाँ सत्ता गठबन्धन बनाउन सकिरहेका छैनन् । सत्तारुढ पार्टी फुट्दा, अर्को दलले समर्थन फिर्ता लिँदा अथवा संसद विघटन हुँदा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीले त्यसो गर्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...