देउवा निवास बुढानीलकण्ठमा तीन दलको गोप्य बैठक



हाम्रो इकोनोमि

 

 

मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकारका विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आज छलफल हुने भएको छ । शुक्रबार दिउँसो तीन बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक बस्न लागेको हो ।

कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको छ । बैठकमा नयाँ सरकार गठनका विषयमा केन्द्रित हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै आएको छ । यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थतसमेत फिर्ता नलिँदा दलहरु निर्णयमा पुग्न सकिरहेका छैनन् ।सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले माओवादी केन्द्रको भूमिका दोहोरो देखिएको जसपा र कांग्रेसका नेताहरुले बताइरहेका छन् ।

माओवादी केन्द्रले पनि जसपा र कांग्रेसको कारण नयाँ सरकार बन्न ढिलाइ भइरहेको बताइरहेको छ । जसपामा सरकारमा जानेबारे दुई धार देखिएकाले पनि समस्या देखिएको माओवादी र कांग्रेसका नेताहरुले बताएका छन् ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दिनदेखि नै तीन वटै दलले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गरेका थिए ।

सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएको साढे १ महिना बितिसक्दासमेत सत्ता गठबन्धनको अङ्कगणित नमिल्दा तीन दलले नयाँ सत्ता गठबन्धन बनाउन सकिरहेका छैनन् । सत्तारुढ पार्टी फुट्दा, अर्को दलले समर्थन फिर्ता लिँदा अथवा संसद विघटन हुँदा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीले त्यसो गर्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...