रानीपोखरी बन्दा, धरहरा ठडिँदा किन टाउको दुख्दैछ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का सांसद महेश बस्नेतले बस्नेतले रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन टाउको दुःखेको भन्दै कांग्रेस सांसद गगन थापालाई प्रतिप्रश्न गरेका छन्।  ‘रानीपोखी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ, धरहरा ठडिएको कुराले किन हाम्रो टाउको दुख्दै छ,’ बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले भने, ‘एक दिनमा ३ सय ४६ अस्पताल शिलान्यास भएको कुराले किन हाम्रो टाउको दुख्दैछ ?’

आजकै बैठकमा कांग्रेस सांसद थापाले सरकारले कुनै हिसाब-किताब विनै शिलान्यास गरेर तामासा देखाएको अरोप लगाएका थिए। बिना कुनै डिपीआर १ सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै थापाले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरेका थिए । थापाले भनेका थिए, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास ? एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला ।’

त्यसको जवाफ दिँदै बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन भनेर हिम्मतसाथ भन्न चुनौती समेत दिए ।‘१ सय ५६ वटा निर्वाचनसँग सम्बन्धित सडकहरू रणनीतिक सडकहरू शिलान्यास हुँदा किन टाउको दुख्दै छ ?,’ थापाको नाम नलिकनै बस्नेतले भने, ‘एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् होइन भने यसको विरोध गर्नुको कारण जनताले महसुस गरेका छन् ।’

संसदमा प्रधानन्त्रीको अनुपस्थिति रहेको भन्ने प्रश्नको पनि बस्नेतले जवाफ दिए । उनले प्रधानमन्त्री तीनपटक संसद बैठकमा आइसकेको जानकारी समेत गराए । उनले भने, ‘म स्मरण गराउन चाहन्छु, बैठक एक महिनाको दौरानमा ६ पटक बस्यो । २३ गते प्रधानमन्त्री आएर एक घण्टा बसेर फर्किनुभयो । दोस्रो बैठकमा ४५ मिनेट बसेर फर्किनुभयो । तेस्रो बैठकमा तीस मिनेट बसेर फर्किनु भयो ।’ प्रधानमन्त्री आउँदा बैठक बस्न आलटाल गरेको अरोप समेत उनले लगाए । उनले भने, ‘जुन दिन प्रधानमन्त्री बैठकमा आउनुभयो, त्यो दिन सभामुख लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ती गर्ने, आलटाल गर्ने ।’

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...