एमालेमा समानान्तर कमिटी बनाउने सबैलाई कारवाही गर्ने



हाम्रो इकोनोमि

 

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताउनुभएको छ । प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्नेसमेतलाई कारबाही गर्ने दिशामा पार्टी अगाडि बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उहाँले बताउनुभयो । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि उहाँले बताउनुभयो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्ने पार्टी यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वाभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यस कारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...