एमालेमा समानान्तर कमिटी बनाउने सबैलाई कारवाही गर्ने



हाम्रो इकोनोमि

 

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताउनुभएको छ । प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्यत हुने र त्यो कमिटीमा बस्नेसमेतलाई कारबाही गर्ने दिशामा पार्टी अगाडि बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उहाँले बताउनुभयो । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि उहाँले बताउनुभयो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्ने पार्टी यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वाभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यस कारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...