आफु समर्थन फिर्ता गर्न नसक्ने, अनि सरकार कामचलाउ भयो भन्ने : गोकुल बाँस्कोटा



हाम्रो इकोनोमि

 

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादीको राजनीतिक दृष्टिकोणमाथी प्रतिनिधिसभामा प्रश्न उठाउनु भएको छ । उहाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको बताउनु भयो । उहाले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि कामचलाउ भयो भन्दै हिड्ने गरेकोमा असन्तुष्टि जनाउनु भयो । ‘सरकार काम चलाउ रे ? कसरी हुन्छ ? समर्थन आफू गर्ने ? समर्थन फिर्ता लिन नसक्ने ? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने ? कसरी कामचलाउ भयो ? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ । राजनीतिको मैदान खुल्ला छ’, उहाले संसदको विशेष समयमा बोल्दै भन्नुभयो ।

‘यसरी काम गर्न खोज्दा पनि माखोल उडाउन खोजिन्छ र खुसी व्यक्त गर्न सकिँदैन भने म एउटा प्रश्न गर्न चाहन्छु । आखिर नेपालका राजनीतिक पार्टीहरू के चाहान्छन् । उनको विकासको एजेण्डा के हो ? राजनीतिक मुद्दा के हो रु जनताका बीचमा के भनेर जान चाहेको हो ? स्पस्ट हुनुपर्छ’, बाँस्कोटाले प्रश्न गर्नुभयो । उहाले एजेण्डा विहीन नेतृत्वले केही गर्न नसक्ने भन्दै विरोधका लागि विरोध गर्दा सही गन्तव्यमा पुग्न नसकिने बताउनु भयो । ‘तथ्यमा जान म अनुरोध गर्छु विकास नगर्ने हो भने राजनीतिक दलको औचित्य के ?’, बाँस्कोटको प्रश्न थियो ।

उहाले सरकारले काममै गरेन भनेर उठाएको प्रश्नप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘सरकारले कामै गरेन भन्नुहुन्छ । सुत्केरी हुन नसकेर छट्पटाएका महिलाको उपचार हुँदा उनीहरुलाई सोध्न हामी को गयौँ ? अचम्म लाग्छ । मृत सपना बोकेर आशावाद राख्न सकिँदैन ।’ त्यस्तै सांसद बास्कोटाले धरहरा बनेको नदेख्नेलाई कानमा रुवा र आखामा चस्मा लाउन सुझाव दिनुभयो । उहाले प्रधानमन्त्रीले अगाडि सारेको पञ्चवर्षीय योजना अघि बढेको देखेर चिन्ता लागेको छ भने थप चिन्ता बढ्नेवाला रहेको बताउनु भयो । ‘विकासलाई हेर्ने दृष्टिकोण बदलौँ । तथ्याङ्कमा खेलौँ । अरोपमा मात्रै हामी समय बर्बाद नगरौँ । बरु जनता दंग नेताहरु भरंग किन भएको ? यो कस्तो ऐठन ? विचित्र भएको छ’, बाँस्कोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...