सार्वजनिक स्थानमा कार्यक्रम नगर्न सरकारको निर्देशन



हाम्रो इकोनोमि

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच  र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ ।

एन्टीजेनमा पाेजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ । डीसीसीएमसीको सोमबार बसेको बैठकले सार्वजनिक स्थानमा गरिने कार्यक्रमलाई स्थगित गर्न पनि निर्देशन दिएको छ र गर्नैपरे स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

सबै महानगरपालिकामा संचालित आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्न पनि भनिएको छ । साथै नगरपालिकाभित्र एकएकवटा आइसोलेसन र क्वारेन्टिनको संचालन तथा व्यवस्थापन गर्नपनि भनिएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने निकायलाई दण्ड एवं जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संक्रमित केसहरुको अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको छ । बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान अन्तर्गत १८ देखि ५९ वर्षे नागरिकलाई चीनमा उत्पादिन सिनोफार्म खोप लगाउने तयारी भएको र यसको समन्वय गर्न पनि भनिएको छ । चिनियाँ खोप बुधबार लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...