महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई साथ दिने



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न नसकिने संकेत गरेका छन् । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ठाकुरले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली जसपाको माग पूरा गर्न तयार रहेकाले ओलीसँगै सहकार्य गर्ने बताए । अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुने भन्ने भनाइहरूको खण्डन गर्दै अबको सरकार भनेको गठबन्धनको हुने बताए । जसपाका अध्यक्ष ठाकुरले सरकारको नेतृत्व आफूहरूले पनि पाउनुपर्ने बताए । उनले ओलीले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विश्वास गरेका छन् ।

जेलमा रहेका नेताहरूको मुद्धा फिर्ता, संविधान संशोधन, नागरिकता, जातीय आधारमा राज्य पुनःसंरचनालगायतका माग आफूहरूको रहेको ठाकुरले बताएका छन् । संविधानमा केही कुरा आए पनि आन्दोलनका बेला भनिएको जातीय आधारको राज्य बन्न नसकेको ठाकुरले उल्लेख गरेका छन् । विवाह गरेर आउने विदेशी महिलालाई तत्काल नागरिकता, अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने उनले माग गरेका छन् ।

संविधान संशोधन गर्दा कांग्रेससहितका सबै दलहरूले एमाले र जसपाको प्रस्तावलाई साथ दिनुपर्ने ठाकुरले उल्लेख गरेका छन् । कांग्रेससँग सहकार्य नगर्ने बताएका ठाकुरले कांग्रेसभन्दा केपी ओली आफूहरूको माग सम्बोधन गर्न अगाडि देखिएको बताए । ओलीको प्रशंसा गरेका ठाकुरले ओलीले सबै निर्वाचन क्षेत्रमा सडक बनाउन शिलान्यास गरेको विषयको स्वागत गरेका छन् । उनले ओलीले धेरै राम्रा काम गरेको पनि बताएका छन् ।

जसपाका अध्यक्ष ठाकुरसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार भेटेका थिए । भेटमा ओलीलाई विस्थापित गरेर कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउनुपर्ने विषयमा छलफल भएको थियो । तर, ठाकुरले कांग्रेससँग मिलेर सरकार बनाउन रुचि देखाएका छैनन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने दवाव दिएर निर्णय गराएका थिए । पौडेल–सिटौलाको त्यो दवाव काम नलाग्ने भएको छ ।

नयाँ सरकार बनाउन जसपा महत्वपूर्ण शक्ति भएर बसेको छ । जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री जसले दिन्छ उसैलाई सहयोग गर्ने बताए पछि कांग्रेसका समस्यामा परेको छ । अध्यक्ष ठाकुरले उपेन्द्र यादव र बाबुराम भट्टराईप्रति आक्रोश पोखेका छन् । यादव र भट्टराईले ओलीको आलोचना गरेकोमा अध्यक्ष ठाकुरले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...