माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



हाम्रो इकोनोमि

 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डाकिएको बैठक केही नेताहरू उपत्यका बाहिर रहेको कारण देखाउँदै स्थगित गरिएको हो । अर्को बैठकको मिति तय भइ नसकेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । अबको स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी रहेको साहले जानकारी दिए ।

‘ समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे छलफल गर्छौँ, यसबारे कांग्रेस र जसपासँग भएको अनौपचारिक समझदारीबारे अध्यक्ष प्रचण्डले जानकारी गराउँनु हुनेछ,’ साहले  भने ।\ कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको हो ।

केन्द्रका अध्यक्ष दाहालले शनिबार नै कपिलवस्तुमा आयोजित एक कार्यक्रमा राजनीतिले ‘कोल्टे फेरेको’ र केही दिनभित्रै नयाँ सरकार बनाउने अभिव्यक्ति दिएका थिए । शनिबार नै समर्थन फिर्ता लिए तत्कालै राजीनामा दिने प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि ओली इतरका राजनीतिक दल ओलीलाई अविश्वासको प्रस्ताव लगेर संसदमा फेस गर्न बाध्य पार्ने रणनीतिमा छन् । तर, अविश्वासको प्रस्ताव अघि बढाएमा ओलीले राजीनामा दिने वा त्यसअघि नै संसद अधिवेशन अन्त्य गर्न सक्ने विकल्प रहेको बताइन्छ । ओलीले राजीनामा संविधानको धारा ७६ मा भएका विभिन्न विकल्पहरूको सरकार बन्ने बाटो खुल्ला हुनेछ ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...