सरकारको समर्थन फिर्ता लिने माओवादीको तयारी



हाम्रो इकोनोमि

 

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नयाँ सरकार गठनमा भइरहेको पहल र पार्टीको विधान प्रतिवेदनबारे छलफल हुने बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत नयाँ सरकार गठनमा अग्रसरता लिने भनेर गरेको निर्णय र हाम्रो मुभलाई कसरी अगाडि बढाउने भन्ने कुराहरु हुन्छ ।’

माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ । सरकारको विरोध पनि गर्ने र समर्थन पनि फिर्ता नलिने दोहोरो चरित्र देखाएको भनेर आलोचना खेप्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् ।

नयाँ सरकार गठनमा अग्रसरता देखाएको माओवादी केन्द्रले आइतबार जनता समाजवादी पार्टी (जसपा)सँग छलफलसमेत गर्दैछ । अंक गणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक बनेको छ । जसपासहितका विपक्षी दलका नेताहरुले माओवादीले समर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पनि नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...