अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यति प्रक्राउ



हाम्रो इकोनोमि

 

 

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले सर्टटर्म ४५७ भिषामा २/२ वर्ष कामका लागि १०५ दिन भित्रमा पूरै प्रक्रिया पूरा गरी अष्ट्रेलिया पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिलाई आश्वासन दिएको प्रहरीले बताएको छ । अष्ट्रेििलया पठाउनका लागि भुजेलले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनेर २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको खुलेको प्रहरीले बताएको छ ।

पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...