लौकहीबाट लागुऔषध सहित एक जना पक्राउ



हाम्रो इकोनोमि

 

सुनसरीको कोशी गाउँपालिका लौकही एरियाबाट सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल लौकही बिओपिका प्रहरी निरीक्षक अरुण पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले इनरुवा नगरपालिका ९ बस्ने बर्ष ३२ का अमित मेहतालाई लागु औषध सहित पक्राउ गरिएको हो ।

शनिवार दिउसो अनुमानित २ बजेको समयमा बिओपि लौकहीबाट खटिएको टोलिले निज मेहताले चलाउदे गरेको को. ८ प ७६४२ नम्बरको स्कुटर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध स्पस्मो क्याम्सुल १८ पता, डाईलक्स डिसि २० बोतल,नाइट्रौजन ट्याबलेट १० पता १५० क्याप्सुल सहित नियन्त्रणमा लिएको जनाएको छ ।

चिनी भित्र राखि लागुऔषध ल्याइ रहेको अवस्थामा पक्राउ गरिएको मेहतालाई लागुऔषध सहित ईलाका प्रहरी कार्यालय लौकहीको जिम्मा लगाइएको छ । जनप्रतिनिधि,नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित मेहतालाई इलाका प्रहरी कार्यालय लौकहीमा सशस्त्र प्रहरीका निरीक्षक पाण्डेले बुझाएको छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...