माधव नेपाल र भीम रावलको सांसद पद चैँ यथावत



हाम्रो इकोनोमि

 

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई सांसद पद यथावत राखी अन्य सवै जिम्मेवारीबाट निलम्बन गरेको छ। केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो जवाफ नआएको भन्दै एमालेले सांसद पद यथावत राखी ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर सांसद पद बाहेक अन्य जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिनुभएको छ । ‘यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधिसभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,’ अध्यक्ष ओलीले पठाउनु भएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...