नेपाल समूह कांग्रेससँग टाँस्सिन पुग्यो : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

सत्तारुढ एमाले निकटका पत्रकारहरूको संस्था प्रेस चौतारी नेपाल विभाजित भएर नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको छ । प्रेस चौतारीले पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मालाई उम्मेदवार बनाएको छ । वरिष्ठ नेता माधव नेपाल समूह निकटका पत्रकारहरूले नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनका अध्यक्षका उम्मेदवार विपुल पोखरेललाई साथ दिएको छ ।

महासंघको निर्वाचनमा प्रेस चौतारी विभाजित भएपछि एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले आक्रोश पोखेका छन् । बास्कोटाले एमालेभित्र पार्टी एकताको माग गरिरहेका बेला पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरूलाई विभाजन गरेको भन्दै योगेश भट्टराई र विष्णु रिजाललाई प्रश्न गरेका छन् ।

‘पार्टीमा एकताको माग गर्ने साथीहरूले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसंग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र ब्यवहार हेर्न मन लाग्यो’, बास्कोटाले भनेका छन्, ‘योगेश भट्टराई र विष्णु रिजाल के सोँच्दै छन् होला जिज्ञाशा नि !’ एमालेका नेता बास्कोटाले एमालेका अधिकारिक उम्मेदवारलाई पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...