नेपाल समूह कांग्रेससँग टाँस्सिन पुग्यो : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

सत्तारुढ एमाले निकटका पत्रकारहरूको संस्था प्रेस चौतारी नेपाल विभाजित भएर नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको छ । प्रेस चौतारीले पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मालाई उम्मेदवार बनाएको छ । वरिष्ठ नेता माधव नेपाल समूह निकटका पत्रकारहरूले नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनका अध्यक्षका उम्मेदवार विपुल पोखरेललाई साथ दिएको छ ।

महासंघको निर्वाचनमा प्रेस चौतारी विभाजित भएपछि एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले आक्रोश पोखेका छन् । बास्कोटाले एमालेभित्र पार्टी एकताको माग गरिरहेका बेला पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरूलाई विभाजन गरेको भन्दै योगेश भट्टराई र विष्णु रिजाललाई प्रश्न गरेका छन् ।

‘पार्टीमा एकताको माग गर्ने साथीहरूले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसंग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र ब्यवहार हेर्न मन लाग्यो’, बास्कोटाले भनेका छन्, ‘योगेश भट्टराई र विष्णु रिजाल के सोँच्दै छन् होला जिज्ञाशा नि !’ एमालेका नेता बास्कोटाले एमालेका अधिकारिक उम्मेदवारलाई पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...