संसद बैठक स्थगित गर्ने प्रधानमन्त्री ओलीको तयारी



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा हुनुहुन्छ,’ यसबारे राष्ट्रपति र सभामुखसँग पनि प्रधानमन्त्रीले छलफल गरिसक्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले तीन दिनअघि बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा पनि बर्खे अधिवेशन बैशाखमै सुरु गर्नुपर्ने भएकाले जारी संसद बैठक अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराएका थिए

गत पुस ५ गते ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरिदिएको थियो । अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशन दिएपछि तोकिएकै मितिमा बैठक सुरु भए पनि संसदले सरकारबाट बिजनेस पाउन सकेको छैन । ओलीको विरोध गर्दै सडकमा उत्रेका विपक्षीहरुले पनि यसवीचमा संसदमा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकेनन् ।

यसैवीच माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन केही दिनभित्रै फिर्ता लिने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले रातोपाटीलाई बताए । त्यसैगरी, फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको दर्ता खारेज गरिदिएको विरुद्धमा पुनरावलोकनका लागि आज (सोमबार) माओवादी केन्द्रले पुनरावलोकनका लागि आवेदन दिने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...