महेश बस्नेत र रेशमलाल चौधरीबीच वार्ता, मुद्दा फिर्ता लिने दाबी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एक्सन प्लान’कार्यान्वयन गर्ने जिम्मेवारीमा रहँदा सधैँ चर्चामा आउने युवा नेता महेश बस्नेत र अहिले राष्ट्रिय चर्चाको शिखरमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच आज बिहान छलफल भएको छ । एमाले केन्द्रीय सदस्य तथा सांसद बस्नेतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीसँग डिल्लीबजार कारागारमै भेट गरेका हुन् । पछिल्लो समय एमाले र जनता समाजबादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र केपी ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भनेर लागिरहेका बेला महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल हुनेगरी सहमतिको अन्तिम चरणमा पुग्न लागेको स्रोतले जनाएको छ । यसैबीच बस्नेत र चौधरीको भेट भएको हो । यसैसाता जसपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीलाई भेटेका छन् । ओलीनिकट प्रभावशाली नेता बस्नेत चौधरीलाई भेटेर धनगढीतर्फ लागेका छन् ।

हिजोमात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर प्रतिबद्धता जनाएका थिए । रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर बक्तब्य दिनुलाई समेत विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ । पूर्व मन्त्री महेश बस्नेत गृह मन्त्रालय र सरकारी वकिलसँग समेत आवश्यक परामर्श गरी भेट्न गएको बताइन्छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चौधरीमाथिको मुद्दालाई सहज ढंगले अघि बढाउने प्रक्रिया थालनी गरेको सन्देश बोकेर कारागार गएको बताइएको छ । बस्नेतले चौधरीलाई भेटेको स्वीकार गरेपनि थप जानकारी दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...