अराजकता बढेको भन्दै स्थानीय आन्दोलित



हाम्रो इकोनोमि

 

रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन चर्काएका हुन् । नगरपालिकाका प्रमुख राजिवरंजन यादवले आर्थिक वर्षको अन्त्यतिर आइसक्दा समेत अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, अवैधानिक रुपमा प्रक्रिया नै नपुर्याइकन स्वास्थ्यलगायतका क्षेत्रमा कर्मचारी भर्ना गरेको तथा अनुपयुक्त स्थानमा १५ शैयाको अस्पताल निर्माण निर्माण गर्न खोजेको प्रदर्शनकारीको आरोप छ ।

विहिवार प्रदेश सांसद उम्मेदवार रहेका नेता राजन यादव तथा माओवादीबाट नगरप्रमुख पदका उम्मेदवार रहेका युवा नेता त्रिभुवन साह ‘अमर’ को नेतृत्वमा सुरु भएको प्रदर्शन माग पूरा नभएसम्म जारी राख्ने बताएका छन् । नगरप्रमुख यादवको अराजकता, मनोमानी र भ्रष्टाचार बढेपछि त्यसको विरुद्ध आफुहरु आन्दोलनमा उत्रिएको नेता मनोज यादवले बताए । गरिब, दुखी र वृद्धको भत्ता उपलब्ध नगराई मेयरले गैरकानुनी मात्र नभई अमानवीय काम गरेको मेयर प्रत्यासी नेता त्रिभुवन साहले बताए ।

२ हजार भन्दा बढीको संख्यामा रहेको प्रदर्शनकारीहरुले नगरपालिका कार्यालय घेराउ गरेपछि स्थानीय प्रशासनले समझदारी बनाउने प्रयास गरेका थिए । स्थिति साम्य पार्न वडा नम्बर १ मा सामाजिक भत्ता वितरण सुरु गरिएको थियो । तर आन्दोलनरत पक्षले आफ्नो सबै माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने बताए । नेता साहले सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरी १५ शैयाको अस्पताल बंकुलमै निर्माण गर्ने र प्रक्रिया नपुर्याई भएका सम्पूर्ण अवैधानिक नियुक्ति बदर नगरेसम्म आन्दोलन जारी राख्ने र आन्दोलन थप सशक्त बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस
मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...