एमाले सिध्याउने योजनामा माधव नेपाल, यस्तो हुँदैछ षड्यन्त्र



हाम्रो इकोनोमि

 

आफुलाई एमालेको नेता भनेर चिनाउदै आउनु भएका माधवकुमार नेपाल एमाले जसरी पनि सिध्याउने पुष्पकम दाहाल प्रचण्डको योजना कार्यान्वयन गर्ने चरणमा पुग्नु भएको छ । एमाले छुटिएपछि लगभग शक्ति विहिन अवस्थामा पुग्नु भएका प्रचण्डको योजनाअनुसार दुई नेताबीच पटक पटक गोप्य छलफल हुन थालेको छ ।

पार्टीले सोधेको स्पष्टिकरणको उत्तर प्रचण्डसँग सोधेर दिनु भएका उहाले एमालेबाट जसरी पनि कार्यकर्ता तान्नुपर्ने निष्कर्षमा पुग्नु भएको हो । नेता नेपालले पार्टीलाई पठाएको स्पष्टिकरण प्रचण्डको १९ बुदेकै निरन्तरता रहेको सोही खेमाका नेताहरुको भनाई छ । ‘जसरी पनि पार्टी एक ढिक्का नहोस् भनेर नै उहाले सो जवाफ लेख्नु भएको हो’, ति नेताले भन्नुभयो, ‘मुलुक निर्वाचनमा गएको खण्डमा माधव नेपाल प्रचण्ड नेतृत्वको पार्टीमा प्रवेश गर्ने निश्चित जस्तै छ ।’

दुई नेताबीच सुर्य चिन्ह आफ्नो पक्षमा जसरी पनि पार्ने विषयमा पछिल्लो पटक निरन्तर छलफल चलिरहेको छ । एमाले जे सुकै भएपनि सुर्य चिन्ह आफ्नो भए मत बढि आउने र प्रधानमन्त्री बन्न सजिलो हुने आंकलन गरिरहेको छन् । सोही कारण सर्वोच्चको आदेश पुनरावलोकनका लागि जाने दुवै पक्षले निर्णय गरिसकेका छन् ।

पार्टी कार्यालय आउन हिच्किचाउनु भएका नेता नेपाल प्रचण्डले बोलाएको ठाउँमा भने जतिबेला पनि उपलब्ध हुदै आउनु भएको छ । नेता नेपाल र झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज विहान कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा गोप्य भेटवार्ता गर्नुभएको छ । तीनजना नेताहरुबीच बिहान साढे ८ बजेदेखि पौने १० बजेसम्म भेटवार्ता भएको हो ।

आफुहरुले प्रचण्डको निर्देशनअनुसार पार्टी हित विपरित काम गरिरहेकाले निष्कासनमा पर्ने निश्चित भएकाले अब नयाँ पार्टीको खाकाका विषयमा छलफल गर्नुपर्ने निष्कर्षमा तीन नेता पुगेको स्रोतको भनाई छ । एमाले आफुले फुटाएजस्तो नेदखाउन निरन्तर सो समुहले समानान्तर पार्टीको गतिविधि गरिरहेको छ । संस्थापन पक्षले चेतावनी दिदाँ पनि गतिविधि जारी राखेपछि पार्टीले विधान अनुसार काम गर्ने नेताहरुले बताएका छन् ।

नेपाल र खनाल गुटले आज आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलासँगै नेपाल र खनालले प्रचण्डलाई देखाँउनका लागि छाडेर ओलीविरुद्ध संघर्ष गर्दै एमालेलाई पनि नेकपाकै हालतमा पुर्याउने भन्दै एमालेमै फर्किएको घोषणा गर्नुभएको थियो । तर, सो गुट अहिलेसम्म पार्टीका आधिकारीक बैठकमा उपस्थित भएको छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...