देउवाले छाडे पत्याउन, प्रचण्डको सपना चकनाचुर



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष काँग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काल टरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग काँग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्ता समीकरणका विषयमा अनिर्णीत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन काँग्रेस, माओवादी र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तिनै दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रष्ट बताइसकेका छन् ।

उहाँले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेको बेला जसपाका नेताहरु भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरिरहनु भएको थियो । काँग्रेस नेताहरुका अनुसार माओवादीले सरकारबाट अलग भएको घोषणा गर्यो भने भिन्न परिस्थिति खडा हुन सक्छ । माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नेमा थियो । काँग्रेस तयार नभएपछि अविश्वासको प्रस्ताव ल्याउने सम्भावना देखिँदैन । प्रमुख प्रतिपक्षदलले नै यस्तो भनेपछि अव जुन सपना देखाएर प्रचण्डले आफु प्रधानमन्त्री बन्ने दाउमा अपनाएका सबै हत्कण्डा विफल भएको एमालेका एक नेताले बताउनुभयो । उहाँका अनुसार प्रचण्डको सवै अस्त्र फेल भएका छन् । भारतका लागि सहज सरकार बनाउने उहाँको सपनामा चकनाचुर भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...