माधव नेपाललाई सोधिएको यस्तो छ १० बुँदै स्पष्टिकरण



हाम्रो इकोनोमि

 

नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टीको वरिष्ठ नेता नरहेको जनाउसहित १० बुँदे स्पष्टिकरण मागेको छ । स्पष्टिकरण पत्रमा नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गरिएको छ । पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टिकरणमा कानुनविपरित सडकबाट अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्कासन गरेको भनेर सोधिएको छ । त्यस्तै नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको बेला अध्यक्ष ओलीविरुद्ध १९ बुँदे आरोपपत्र पेश गर्दा प्रचण्डको मतियार किन बनेको ? भन्दै त्यसमा समेत जवाफ मागिएको छ ।

नेपाललाई निर्वाचन आयोगमा पटक पटक पार्टी फुटाउन निवेदन बोकेर किन गएको भन्नेदेखि समानान्तर कमिटी गठन तथा गुटका भेलाहरु गर्नुको जवाफ समेत मागिएको छ । एमालेले नेपाललाई प्रचण्डसँग अझै साँठगाँठ गरेको, एमाले कब्जा गर्न माधव नेपालहरु गएको भन्ने प्रचण्डको अभिव्यक्तिको खण्डन नगरेको तथा अहिले पनि प्रचण्डसँग एमाले नेतृत्वको सरकार ढाल्न अन्य विपक्षीलाई समेत उक्साएर साँठगाँठ गरेको जस्ता आरोप लगाउँदै जवाफ मागिएको छ । तीन दिनभित्र जवाफ पेश नगरे नियम कानुन र विधान बमोजिम कारवाही हुने समेत चेतावनी दिइएको छ ।

 

हेर्नुस् माधव नेपाललाई सोधिएको १० बुँदै स्पष्टिकरण

   

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...