गृहमन्त्री थापासहितका मन्त्रीहरूको पद जाने खतरा



हाम्रो इकोनोमि

 

माओवादी केन्द्रले एमालेतिर लागेका गृहमन्त्री रामबहादुर थापासहितका केही नेताहरूको सांसद पद खारेज गरिदिने भएको छ ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई जीवित गराइदिएपछि एमालेलाई साथ दिने गृहमन्त्री थापासहित नेताहरूको सांसद पद माओवादी केन्द्रले खारेज गर्न लागेको हो ।

नेकपा कायमै रहँदा प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका र नेकपा विघटन भएपछि पनि राजीनामा नदिइ सरकारमा निरन्तरता दिएका मन्त्रीहरूलाई माओवादीले राजीनामा दिएर पार्टीमा फर्किन पत्र पठाइसकेको छ । थापासहितका मन्त्रीहरूले कुनै जवाफ दिएका छैनन् । जवाफ नआएको भन्दै माओवादीले कारबाही गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि माओवादी केन्द्रका मणिचन्द्र थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साहलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला तथा २३ गतेको नेकपा खारेज र एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएको फैसलापछि पनि उनीहरूले ओलीको मन्त्रिपरिषदमा निरन्तरता दिइरहेका छन् ।

माओवादी केन्द्रले अब उनीहरू आफ्नो पार्टीमा नफर्कने निश्चित भएको निष्कर्ष निकाल्दै उनीहरूको सांसद पद खारेज गर्ने निर्णय गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ । गृहमन्त्री थापासहितका माओवादी मन्त्रीहरूले मन्त्री पदको लोभमा माउ पार्टी छाडेर ओलीलाई साथ दिन एमालेतिर लागेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...