केपी ओलीले ठग्ने काममात्रै गरे : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जनताको बीचमा फ्याँकिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । अब आफूले बाँचुञ्जेल जनताकै बीचबाट लड्ने निधो गरेको उनले बताए ।

छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । परिणाम जनताको पक्षमा आउने छ ।’ ओलीले जालझेल र षड्यन्त्र गर्न थालेपछि आफूले विद्रोहको झण्डा उठाएको प्रचण्डले बताए ।

‘तपाईंहरू गहिरोगरी विचार गर्नुस् है । केपीले ठग्ने काममात्रै गरे । सबै ल्याएको माआवादीले हो भन्नेमा हस्ताक्षर पनि गर्ने, सबै बराबर हुन् पनि भन्ने, तर लागू नगर्ने । ठगठाग र जालझेल मात्र गर्ने । त्यही भएर मैले १९ पेज लामो दस्तावेज ल्याएको हो । त्यो तपाईंहरू पनि पढ्नु्स् । धेरै लामो छैन, एकछिन बसेर सरर्र हेर्दा भ्याइन्छ ।’ प्रचण्डले फेरि एकपटक आफ्नो कुर्सी हटाइएको प्रसंग निकाले ।

‘मैले केन्द्रीय समिति वैठक राम्रोसँग चलाएँ भनेर केपीजी नराम्रोसँग रिसाउनुभो । अनि एकदिन त मेरो कुर्सी नै हटाइदिनुभएछ । दुईवटा अध्यक्ष एकातिर बस्ने, अनि सातजना सचिवालयका दुईपट्टि बस्ने चलन थियो । यसलाई मैले देखाइदिुन्छु… भनेर माधवजीसँग भन्नुभएछ । र कुर्सी हटाइदिनुभएछ ।’

प्रचण्डले थपे, ‘मैले त्यसका लागि केपीजीलाई धन्यवाद नै थिएँ । मलाई तपाईंसँग बस्दा अप्ठेरो भएको थियो, अब उत्पीडीत ७ जनाको मोर्चा बन्यो भनेँ । साँच्चै त्यस्तै भयो । माधवजी, हामी उत्पीडीत एक ठाउँ भइयो । तर, के गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय सेटिङ गरेर हामीलाई छुट्याइदिनुभयो । फेरि पनि धन्यवाद भनेको छु ।

‘हामी सिंहदरबार वरिपरी घुम्ने भइया थ्यो । उहाँले संसद विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभो । फेरि आम नेपाली जनताको बीचमा फाल्दिनुभो । आफूमा लागेको धुलोमैलो टक्टकाउँदै हामी जनताको बीचमा उभिएका छौं । म त पुस ५ गतेपछि निकै शक्तिशाली भएको जस्तो लागेको छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...