एमालेमा ओलीद्वारा सबै शक्ति कब्जा, नेपाल–खनाल समूह फुट्ने पक्का



हाम्रो इकोनोमि

 

सरकारमा सबै शक्ति आफू मातहत ल्याएर निरंकुश बन्न खोजीरहेको आरोप लागेका बेला प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीमा पनि शक्तिशाली बन्न अधिकार केन्द्रित गरेका छन् । बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमार्फत ओलीले सबै अधिकार आफूमा केन्द्रित गराएका हुन् । ओलीले अब आफ्ना विरोधीहरूलाई कारबाही गर्न बाटो खुलेको छ । ओलीको यो कदमको नेता भीमबहादुर रावलले विरोध गरेका छन् । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले फागुन २८ गतेको निर्णयलाई लिएर असहयोग गरिरहेका बेला ओलीले सबै अधिकार ल्याएर कारबाहीको डण्डा चलाउने संकेत गरेका हुन् ।

ओलीले केन्द्रीय कमिटीलाई दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका छन् । उनले आयोजक कमिटीको अध्यक्षमा आफैलाई राखेका छन् । ओलीले महासचिवमा ईश्वर पोखरेल कायम राखेका छन् । संसदीय दलको विधानमा दलको नेताले दल, पार्टी र देशविरुद्ध कुनै गतिविधि कुनै दल नेता (ओली)लाई लागे स्पष्टीकरण सोध्न सक्ने अधिकार समेटिएको छ । सोही व्यवस्थासहितको विधान केन्द्रीय कमिटीबाट पारित भएको छ ।

विधान पारितलगत्तै केन्द्रीय कमिटीबाट वरिष्ठ नेता माधव नेपालसहित उपाध्यक्ष भीम रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध तथा नेतृत्वलाई कमजोर पार्ने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको छ । स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही हुने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएका छन् ।

ओलीले वरिष्ठ नेता माधव नेपाल समूहलाई कारबाहीको निर्णय गरेर झलनाथ खनाललाई फुटाउने रणनीति बनाएका छन् । ओलीले खनाललाई स्पष्टीकरण नसोध्नु भनेको नेपाल–खनाल समूहमा विभाजन ल्याउनु रहेको चर्चा एमालेभित्र भएको छ ।केन्द्रीय कमिटीले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने, थप्ने या हेरफेरको सबै अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ ।

यो निर्णयले ओलीलाई अब झलनाथ खनाल र माधव नेपाल समूहका समानुपातिक सांसदमाथि कारबाही गर्न सहज भएको छ ।पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीका सदस्यहरूको मनोनयन, कारबाही तथा बिदाइको अधिकार पनि अध्यक्ष ओलीलाई, खनाल–नेपाल समूहका नेता–कार्यकर्तामाथि कारबाही सहज भएको छ । ओलीले अदालत, निर्वाचन आयोग वा अन्य आधिकारिक निकायमा पार्टीका तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी ल्याएका छन् । ओलीले सबै काम आफूमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...