धादिङमा महिलालाई जिउँदै पुरेर भागेका डाेजर चालक पक्राउ



हाम्रो इकोनोमि

 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

सडक निर्माणका क्रममा डोजरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । सीआईबीका अनुसार चालक बुढाथोकीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो ।

धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डाेजर (एक्स्काभेटर) ले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खस्नुभएको थियो । चालक भीमबहादुरले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।

काठमाण्डौबाट सल्यानटार हुँदै आरघाटमका लागि छुटेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्‍याे’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । खाना खाँदै गरेका सडकमा मजदुरले कुमालको शव निकालेका थिए ।  रातोपाटी बाट साभार

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...