एमाले जन्माउने ओली होइन हामी हौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी दिए । आफ्नो समूहको महिला भेलालाई सम्वोधन गर्दै नेपालले भने, ‘एमाले म हुँ, मकहाँ आउनुपर्छ भन्छन् । तर उनी मूल एमाले होइनन् । बीमाले, सिमाले भने हुन्छ । एमालेको धाक नदेखाए हुन्छ । वास्तविक एमाले हामी हौं ।’ झापा आन्दोलनदेखि कुनै पनि आन्दोलनमा ओलीको भूमिका नरहेको पनि बताए । झापा आन्दोलनका सबै अगूवाहरु आफ्नो समूहमा रहेको उनको दावी थियो ।

‘त्यतिबेला ओली जेलमा थिए, जेलमा उनले कस्तो भूमिका खेले भन्ने अरु साथीहरुलाई सोध्दा हुन्छ,’ नेपालले भने, ‘मैले सुनेअनुसार त जेलमा पनि उनले अरुलाई दुख दिएका थिए ।’ ओलीलाई घमण्डले बिगारेको नेपालले बताए । ‘ओलीजी घमण्डको चुचुरोबाट तल ओर्लिनुस् । धेरै बिगारेको छ, तपाईंको घमण्ड र व्यक्तिवादले । तपाईंको वैचारिक विचलनले बिगार्यो । अहिलको लडाई यही विचारसँग जोडिएको छ ।’

ओली नेतृत्वमा आएदेखि नै पार्टीमा संकट सुरु भएको नेपालले बताए । आफूहरुले सबै अपमान र पूर्वाग्रह सहेर पनि मिलेर जाने प्रयास गरेको उनको भनाइ छ । ‘हामीले मिलेर जाउँ भनेर चुनावमा एकतावद्ध भएर जाँदा एमालेले विजय प्राप्त गर्यो । तर, त्यसलाई ओलीजीले आफ्नो निजी विजय ठान्नुभयो । आफ्नो सौर्य ठान्नुभयो ।’ नेपालले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...