कांग्रेस तत्काल सरकारमा जाँदैन : प्रवक्ता शर्मा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ । सरकारको नेतृत्व लिन कांग्रेसले आनाकानी गरेको आरोप लागिरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण तयार नभएको प्रतिक्रिया दिएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता शर्माले दलभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले सरकारको नेतृत्व गर्न अग्रसर नभएको बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमार्फत जनताले सरकार चलाउन दिएको म्याण्डेट खण्डित भइसकेको भन्दै अब कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्छ भन्नेमा आफूहरु नरहेको तर दलका सांसद विभाजित हुने अवस्था आँकलन गरेर नेतृत्व लिन अग्रसर नभएको उनको भनाइ छ ।

‘सिंगोसिंगै दलहरु रहेर सुनिश्चित ढंगले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनी प्रधानमन्त्री पदका लागि दौरासुरुवालमा आईरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं’ शर्माले भने । नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेसले निर्णय गर्नु हतार हुने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...