खनाल–नेपालको गुट भेलामा एकतिहाई पनि कार्यकर्ता उपस्थित भएनन्



हाम्रो इकोनोमि

 

नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल गुटको राष्ट्रिय भेला आजबाट शुरु भएको छ । सानेपास्थित एक पार्टी प्यालेसमा शुरु भएको भेलामा निक्कै कम मात्रामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

पार्टीलाई फुटतर्फ लैजान खोजेको र प्रचण्डको कार्यकर्ता बन्न एमालेमा विग्रह ल्याएको भन्दै अधिकाशं नेता कार्यकर्ताले साथ दिएका छैनन् । भेलामा सोचेभन्दा निक्कै कम मात्र नेता कार्यकर्ता उपस्थित भएपछि सो पक्ष तनावमा देखिएको छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।

तर, हलमा देखिएको उपस्थितिले एमालेको सिंगो पंक्तिमध्ये करिव ३० प्रतिशतमात्र उपस्थिति भएको देखिन्छ । प्रतिनिधिसभामा हाल रहेका १२० सांसद मध्ये करिव तीन दर्जन सांसद, करिव ३० प्रतिशत केन्द्रीय सदस्य, स्थानीय तहमा एमालेका तर्फबाट जितेकामध्ये केही प्रतिनिधिमात्र उपस्थित भएका छन् । तर, सो समुहका प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले भने २ हजार बढि भएको दावी गर्नुभएको छ ।

विधानको कुन धाराअनुसार बैठक बोलाएको आधार दिन नसकेको सो समुहको भेलाको अध्यक्षता झलनाथ खनालले गर्नुभएको छ भने अध्यक्षमा पराजित नेपाल विशिष्ट अतिथि बन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...