माधव- झलनाथलाई कारबाही गर्ने ओलीको चेतावनी



हाम्रो इकोनोमि

 

नेकपा एमालेका असन्तुष्ट पक्ष झलनाथ–माधव समूहले भोलि र पर्सि राजधानीमा गर्ने राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार जना भन्दा बढी नेता–कार्यकर्ताको सहभागीता रहने बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयहरु गरेको भन्दै झलनाथ–माधव पक्षले भोलि चैत ४ र ५ गते भेला बोलाएको छ । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

तर, भोलिको भेला पार्टी विधानविपरीत र अनुशासनहीन भएको भन्दै पार्टीको संस्थापन पक्षले रोक्न अनुरोध गरको छ । भेला नरोकी सञ्चालन गरिए भेलामा जाने सबैलाई पार्टी विधानबमोजिक कारबाही गरिने स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बताएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलिको गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भनेका छन्, ‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ ।’ सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...