माधव- झलनाथलाई कारबाही गर्ने ओलीको चेतावनी



हाम्रो इकोनोमि

 

नेकपा एमालेका असन्तुष्ट पक्ष झलनाथ–माधव समूहले भोलि र पर्सि राजधानीमा गर्ने राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार जना भन्दा बढी नेता–कार्यकर्ताको सहभागीता रहने बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयहरु गरेको भन्दै झलनाथ–माधव पक्षले भोलि चैत ४ र ५ गते भेला बोलाएको छ । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

तर, भोलिको भेला पार्टी विधानविपरीत र अनुशासनहीन भएको भन्दै पार्टीको संस्थापन पक्षले रोक्न अनुरोध गरको छ । भेला नरोकी सञ्चालन गरिए भेलामा जाने सबैलाई पार्टी विधानबमोजिक कारबाही गरिने स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बताएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलिको गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भनेका छन्, ‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ ।’ सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...