प्रेस चौतारीका उपत्यका सह–संयोजक सुवेदीलाई प्रहरीद्वारा कुटपिट



हाम्रो इकोनोमि

 

टिभी अन्नपूर्ण डटकमका सन्चालक एवं प्रेस चौतारी उपत्यका प्रदेश कमिटीका सह–सयोजक राजु सुवेदीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । सुवेदीलाई सोमवार साँझ न्यूरोडमा समाचार संकलनका क्रममा जनसेवाका प्रहरी निरीक्षकसहितको टोलिले निर्घात कुटपिट गरेको हो । सुवेदीले भिडियो खिचिरहेको अवस्थामा प्रहरी भ्यानमा राखेर निर्घात कुटपिट गर्दा घाइते भएको उनले जनाएका छन् । करिब ६ घन्टाको अस्पतालमा उपचारपछि पत्रकार सुवेदी घर फर्किएका थिए ।

सार्वजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नलाई निर्घात कुटपिट गरेको भिडियो खिचेको आरोपमा प्रहरीले नियन्त्रमा लिएर कुटपिट गरेको सुवेदीले बताएका छन । प्रेस चौतारीले पत्रकार सुवेदीलाई कुटपिटको घटनाको विरोध गर्दै दोषी प्रहरीलाई कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...