प्रेस चौतारीका उपत्यका सह–संयोजक सुवेदीलाई प्रहरीद्वारा कुटपिट



हाम्रो इकोनोमि

 

टिभी अन्नपूर्ण डटकमका सन्चालक एवं प्रेस चौतारी उपत्यका प्रदेश कमिटीका सह–सयोजक राजु सुवेदीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । सुवेदीलाई सोमवार साँझ न्यूरोडमा समाचार संकलनका क्रममा जनसेवाका प्रहरी निरीक्षकसहितको टोलिले निर्घात कुटपिट गरेको हो । सुवेदीले भिडियो खिचिरहेको अवस्थामा प्रहरी भ्यानमा राखेर निर्घात कुटपिट गर्दा घाइते भएको उनले जनाएका छन् । करिब ६ घन्टाको अस्पतालमा उपचारपछि पत्रकार सुवेदी घर फर्किएका थिए ।

सार्वजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नलाई निर्घात कुटपिट गरेको भिडियो खिचेको आरोपमा प्रहरीले नियन्त्रमा लिएर कुटपिट गरेको सुवेदीले बताएका छन । प्रेस चौतारीले पत्रकार सुवेदीलाई कुटपिटको घटनाको विरोध गर्दै दोषी प्रहरीलाई कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...