प्रचण्डको निर्देशनमा माधव–झलनाथको भेला : सूर्य थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमाले नेता सूर्य थापाले असन्तुष्ट माधव–झलनाथ पक्षले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई गाइजात्राको संज्ञा दिनु भएको छ । माधव–झलनाथ पक्षले यही चैत ४ र ५ गते काठमाडौँमा गर्न लागेको भेलाको आलोचना गर्दै थापाले शहरमा विधि र पद्धतिको रमिता कि गाइजात्रा भनेर प्रश्न गर्नु भएको छ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले सानेपास्थित महंगो हेरिटेज गोर्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको भेला राम र रमिता हो भन्नु भएको छ । उहाँले यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिने उल्लेख गर्नु भएको छ ।

माधव–झलनाथ पक्षले राष्ट्रिय भेलाको लागि तयार गरेको पोष्टरलाई रातो रेखाले क्रस गरेको तस्वीर राख्दै उहाँले उक्त भेला अस्वीकार्य रहेको पनि जनाउनु भएको छ । १५ बुँदा लामो विचार राख्दै थापाले विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरुप्रति सचेत र सावधान हुँदै नेकपा एमाले र सूर्य चिह्नको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौँ भन्नु भएको छ । अरु कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरुलाई परास्त गर्न उहाँले आव्हान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...